माओवादीले मन्त्री बन्नेको नाम टुङ्ग्यायो

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ ।

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उहाँले जानकारी दिनुभयो । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ । अन्य दलले पनि मन्त्री बन्नेको नाम टुङ्गो लगाउँदै छन् ।

दलहरुबीच भएको सहमति अनुसार एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

Share your love