महिला चुनावको प्रत्यक्ष प्रतिस्पर्धाका लागि सक्षम छ्न: नेतृ गुप्ता

वीरगंज – महिलाहरु पनि निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गरेर पनि स्थापित हुन सक्छन भने भन्ने हिमत र आट लिएर आफु प्रत्यक्ष निर्वाचनमा आएको प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीले बताउनुभएको छ ।

चुनावी घरदैलोको क्रममा आज पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ४ मधवलमा पुग्नुभएको डा.गुप्ता कुमिले स्थानीयलाई आफ्ना एजेन्डाको बारेका बताउदै महिला पनि निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

महिलाको विकास र समृद्धिलागी महिला प्रतिनिधिले समेत काम गर्न सक्छन उदहरणीय र अध्यनले समेत महिलाहरु सुशासनमा तुलनात्मक रुपमा महिलाहरुले बढी काम गर्न सक्छन देखाएकोले म पनि प्रत्यक्ष प्रतिस्पर्धामा आएको बताउनुभयो ।

अगाडी डा.मधु गुप्ताले भन्नुभयो ; तपाईहरुको मतबाट मलाई पनि एउटा समाजको प्रतिनिधिको रुपमा नीति निर्माण गर्ने ठाउँमा पुर्याउनु हुनेछ  ।

Share your love