मलेसिया ट्रान्जिट भएर अन्य देश जानेलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था गर्न अनुरोध

मलेसियाको क्वालालम्पुर ट्रान्जिट भएर विभिन्न देश जाने र नेपाल फर्कनेहरूलाई एउटा मात्र विमानस्थलको प्रयोग गर्ने गरी टिकटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

अहिले क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका लागि सिधा उडा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए)बाट हुने र यहाँबाट अर्को अन्तर्राष्ट्रिय विमानस्थल क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केएलआइए टु जान भिसा चाहिने भन्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।

केएलआइएबाट केएलआइए टु जान परेमा मलेसियन अध्यागमन पार गर्नु पर्छ । अध्यागमन पार गर्नका लागि भिसा चाहिने दूतावासले जनाएको छ । यस्तो भिसा हवाई यात्रा गर्नु अघि नै लिइसक्नुपर्छ ।

त्यसैले नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अस्ट्रेलिया, जापान लगायतका अन्य देश जाने र यी देशबाट नेपाल आउँदा सम्भव भएसम्म एउटा मात्र विमानस्थलको प्रयोग गर्न पर्ने गरी टिकटको व्यवस्था गर्दा सहज हुन्छ ।

 

Share your love