मधेस प्रदेशः सरकार गठनका लागि दलहरुलाई पुस २८ सम्मको समय

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन्। दलहरुलाई सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको हुँदा धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनिएको छ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९/९, नेकपा एसका ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका १/१ जना सांसद छन्।

 

Share your love