मधेश प्रदेशका मुख्यमन्त्री राउत प्रदेश सभा सदस्यमा निर्वाचित

पर्सा क्षेत्र नम्बर १ को (ख) मा लालबाबु राउत गद्दी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । जसपा नेपाल र एमालेको गठबन्धनबाट जसपाका उम्मेदवार राउतले ७५४५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाका प्रतिद्वन्दी पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामनारायण प्रसाद कुर्मीले ६२१२ मत ल्याएर चित बुझाउनु भएको छ । राउत दोस्रो कार्यकालको लागी पून प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि २०७४ सालमा राउत त्यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

Share your love