मतदाताले देखाएको सद्भाव नै मेरो लागी जितको संदेश हो –डा.मधु

वीरगंज – प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले मतदाताहरुले नै देखाएको सद्भाव मेरो लागी जितको संदेश रहेको वताएकी छन ।

चुनावी घरदैलोको क्रममा सञ्चारकर्मी संग कुरा गर्दै उनले ठाउँ ठाउँमा जनताले मलाई माला अगईदिने , बिजयीको अग्रिम बधाई स्वरूप टिकालाई दिने गरेको हुदा मेरो जित सुनिश्चित भएको बताएकी हुन् ।

राजनीतिक भन्दा बाहिरको पेशाबाट आएको हु तर जनताले जसरी मलाई आजको दिनमा रुचाउदै छन त्यही मेरो जितको अधार बनेको डा.मधुको भनाई छ । जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन पर्सा क्षेत्र नम्बर ३ को ( ख ) प्रदेश सभाको लागी उम्मेदवारी दिनुभएको हो ।

Share your love