मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौंमा मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुने बताइएको छ ।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन्।

पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताए। निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।

यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ।

Share your love