भारतमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु, २४ घाइते

भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

कानपुरको फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा पूजाआजा गरी फर्किरहेका यात्रुहरु रहेको ट्याक्टर दुर्घटना भएको हो । कानपुरबाट केही किलोमिटर टाढा थिकानपुरको घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको खस्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा १४ महिला र १२ जना बालबालिका रहेका छन् ।

५० जना सवार ट्रयाक्टरमा २४ जना घाइते भएका छन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमै १२ र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

भारतकी राष्ट्रपति दोपद्री मुर्मूले घटना दु:खद भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।

Share your love