भलुआहि सिचाई योजना अन्तर्गत निर्माण हुने बाँधको निरिक्षण

वीरगंज –पर्साको पटेर्वा सुगौली गाउँपालिकामा भलुआई सिंचाई योजना अन्तर्गत १६ करोडको लागतमा निर्माण हुन् गरीरहेको बाँधको आज सोमबार निरिक्षण गरिएको छ ।

जिल्ला सिंचाई योजनाका प्रमुख सुरेन्द्र जैसवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको टोलीले निरिक्षण गरेको हो ।

निरिक्षणका क्रममा जनता समाजबादी पार्टी पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , जसपाका युवा नेता शिव कुमार साह , पटेर्वा सुगौली गाउँपालिकाका पूर्व मेयर हरिनारायण चौधरी , प्रतिनिधि सुमित रौनियार लगायत स्थानीय जनताको सहभगिता रहेको थियो ।

Share your love