बिन्दवासिनी गाउँपालिकामा कुस्ती खेलाडीलाई ट्रेक सुट वितरण

मुक्लेश दिल्सान 

वीरगंज -पर्साको बिन्दवासिनी गाउँपालिकामा आज शुक्रबार एक कार्यक्रमको विच कुस्ती खेलाडीलाई ट्रेक सुट वितरण गरिएको छ ।

बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर १ को वडा स्तरीय योजना अन्तर्गत राष्ट्रिय , अन्तराष्ट्रिय कुस्ती खेलाडी ३० जना र ३ प्रशिक्षकलाई ट्रेक सुट वितरण गरिएको वडाध्यक्ष अक्षयलाल महत्तोले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७९ ÷८० को वडा स्तरीय योजना अन्तर्गत राष्ट्रिय ,अन्तराष्ट्रिय कुस्ती खेलाडी र प्रशिक्षकलाई ट्रेक सुट वितरण गरिएको वडाध्यक्ष महत्तोले जानकारी दिनुभयो ।

वडाध्यक्ष महत्तोको अध्यक्षता , बिन्दवासिनी गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत राजु साहको विशिष्ट आतिथ्यता र गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको प्रमुख अथित्यतामा भएको ट्रेक सुट वितरण कार्यक्रममा रेडियो सान्भीका प्रबन्धक निर्देशक सुमित रौनियार , कुस्ती प्रशिक्षक धर्मराज यादव, शिवधारी यादव,ब्रहमदेव यादव,अन्तर्राष्ट्रिय कुस्ती खेलाडी सुमिर साह,मनोज यादव,सुनिल साह, कमरुदिन मिया,मकबुल मिया लगायत कुस्ती खेलाडीहरु तथा स्थानीय बासीहरुको सहभागीता रहेको थियो।

Share your love