बिन्दवासिनीको हरिनगरमा डा.मधुको चुनावी घरदैलो सम्पन्न

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदेश सभा सदस्यकी उम्मेदवार दिनुभएकी डा .मधु गुप्ता कुर्मीले आज सोमबार बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर दुईमा चुनावी घरदैलो कार्यक्रम गर्नुभएको छ  । जनता समाजबादी पार्टी नेपालको नेता कार्यकर्ता समितिली समुहमा डा.मधु घरदैलो गर्नुभएको हो ।

आजै बहुदरमाई नगरपालिकोको बिश्रामपूरमा रहेको बिभिन्न टोल र बिन्दवासिनी गाउँपालिकाको हरिनगरमा चुनावी घरदैलो गर्नुभएको हो  ।

घरदैलोको क्रममा डा.मधु गुप्ता चुनाव चिन्ह छातामा मतदान गरी प्रदेश सभा सदस्यमा निर्वाचित गराउन आग्रह गर्नुभयो   ।

घरदैलो क्रममा डा.मधु प्रति जनताको रुझान देखिको जसपाका केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभयो  ।  जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट डा.मधु पर्सा क्षेत्र नम्बर ३ ( ख ) को प्रदेशा सभा सदस्यको उम्मेदवार बन्नुभएको हो  ।

Share your love