बालेनले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा सुनुवाइ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको सुनुवाइ भएको हो।

मेयर शाहलाई अदालतको अवहेलना आरोपमा कारबाही गर्न माग राख्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा दिएको निवेदनमाथि सोमबार सुनुवाइ भएको हो।

सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए- ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

Share your love