बालिका बलात्कार गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सञ्जयलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share your love