बार्सिलोना फर्कने इनिएस्टाको चाहना

बार्सिलोना तथा स्पेनिस फुटबलका लिजेन्ड आन्द्रेस इनिएस्टाले आफ्नो पुरानो क्लब फर्कने इच्छा व्यक्त गरेका छन् । भिसेल कोबेका ३८ वर्षीय मिडफिल्डरले आगामी एक वर्ष जापानमा नै बिताएर स्पेन फर्कने चाहेको बताएका हुन् ।

ग्याजेटासँगको अन्तरवार्तामा इनिएस्टाले भने, ‘मलाई बार्सिलोना फर्कने मन छ । त्यो मेरो घर हो । तर, मलाई थाहा छैन कुन तरिकाले – मुख्य प्रशिक्षक, खेलकुद निर्देशक वा अन्य कुनै पदमा ।’ क्लबका लागि यत्रो योगदान गरेको व्यक्तिले खेल्न छाडेपछि पनि त्यो कुरालाई निरन्तरता दिन पाउनु भनेको ठुलो हो । तर यसका लागि सबै अवस्था मिल्नुपर्ने उनको भनाई थियो ।

Share your love