बारामा एक युवक झुन्डिएको अवस्थमा मृत फेला

वीरगंज –बारामा बिहिबार बिहान एक युवक झुण्डीएको अवस्थामा मृत फेला परेका छन  । बाराको सदरमुकाम कलैया स्थित सिद्धेश्वर माध्यमिक विद्यालय बगैंचामा झुन्डिएको अवस्थमा एक युवक मृतक फेला परेको प्रहरीले जनाको छ  ।

मृतक बाराको कलैया उपमहानगरपालिका बस्ने अन्दाजी २०/२२ बर्षको सुरेश दास रहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकरी दिनुभयो । बिहान दासलाई झुन्डिएको अवस्थमा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए  ।

त्यसपछि प्रहरी उपरीक्षक बोगटी नेतृत्वको घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा लागिएको जनाएको छ  ।

एता स्थानीय दासलाई कसैले मारेर झुण्डीयाएको हुन सक्ने दाबि गरेका छन  । उनीहरुले घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन  । तर प्रहरी उपरीक्षक बोगटीले पोष्टमार्टम पछी आएको रिपोर्ट अनुसार केहि भन्न सकिने बताउदै अहिले समय भएर बस्न स्थानीय र मृतकका परिवार लगायतलाई आग्रह गर्नुभएको छ  ।

Share your love