बाराकाे त्रिवेणी स्पिनिङ उद्याेगमा मजदुर र प्रहरीबीच झडप

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ छातापिपराको त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ ।

आज बिहीवार भएकाे झडपमा परि केही प्रहरी र केही मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तलब नदिएको भन्दै उद्योगमा काम गर्ने केही मजदुरले ताला लगाएपछि झडपको अवस्था सिर्जना भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली र ३४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरूको सिमराको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत पाँच जनालाई उद्धार गरेको छ । उनीहरूलाई केही मजदुरले ताला लगाएर थुनेका थिए ।

Share your love