बाघको आक्रमणबाट एक वृद्धकाे मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक वृद्धकाे ज्यान गयाचितवन – चितवनकाे माडीमा बाघको आक्रमणबाट एक वृद्वको ज्यान गएकाे छ ।  माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीकाे बाघकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजाे भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हाे ।

शनिवारदेखि हराउनुभएका अधिकारी आज बिहान मृत भेटिनु भएकाे हाे । उहाँकाे शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Share your love