बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासकाे मत लिने

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासकाे मत लिनुहुने बताउनु भएकाे हाे ।

प्रदेश सभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको उहाँले बताउनु भयाे ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गएकाे पुस २६ मा बाग्मती प्रदेशकाे मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बाग्मती प्रदश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।

 

Share your love