बहुदरमाईको हनुमान अखडाका कुस्तीका खेलाडीहरुको ९ औं राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन

वीरगंज -९ औं राष्ट्रिय खेलकुदमा पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीमा रहेको हनुमान अखडाका कुस्ती खेलाडीले राम्रो प्रदर्शन गरेका छन ।

नरेश बाबा गिरीको प्रशिक्षणबाट प्रशिक्षित भएका हनुमान अखडाका खेलाडीहरुले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तिन  स्वर्ण पदक सहित ८ पदक हात पार्न सफल भएका छन ।

सुमिर साह , राजा यादव , लालबाहादुर यादवले स्वर्ण पदक जित्नु भएको छ भने भगवान साह ,सागर यादव ,  गंगाराम चमार , धर्मेन्द्र प्रसाद यादव , रितेश यादव सिलवर पदक जित्नुभएको छ ।

Share your love