बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प

 दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।

दार्चुलालगायत सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ ।

डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका छन् । अस्ति मङ्गलवार राति डाेटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाकाे ज्यान गएपछि यहाँका नागरिक त्रासमा छन् ।

भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

 

Share your love