बजेटकाे आकारलाई वास्तविक बनाउनुपर्छ : अर्थ मन्त्री

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताउनुभएको छ । बुधवार आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले काठमाण्डाैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनुभयो । मन्त्री पाैडेलले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारका लागि त्यतिमात्रैले नपुग्ने उल्लेख गर्नुभयाे ।

आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि उहाँकाे भनाइ छ । उहाँले आउँदा दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताउनुभयो ।

Share your love