फुटबल खेलाडी नेयमार विरुद्ध लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता

स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा नेयमार विरुद्ध मुद्दा चलाइएको थियो । नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८४ लाख पाउण्ड जरिबानाको माग दाबी थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिएका बीबीसीले जनाएको छ ।

३० वर्षका नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए । यस्तै, नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी आएका थिए । नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोेमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । सबैको मुद्धा फिर्ता भएको छ।

Share your love