फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाएपछि…………..

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो भाइरल भएको छ ।भाइरल भएको भिडियोमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेको देख्न सकिन्छ । भिडियोमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ ।

भिडियो भाइरल भएसँगै उहाँको आलोचना भइरहेको छ भने विपक्षी नेताले त लागुऔषध खाएको हो वा होइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएको बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएको प्रतिक्रिया दिनुभएको छ ।

३६ वर्षीया प्रधानमन्त्रीले यसअघि पनि पर्व र क्लबमा धेरै समय बिताएको भन्दै निकै आलोचना सामना गर्नुपरेको थियो । मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बन्नुभएको थियो । केही अघिसम्म उहाँ विश्वकै कान्छी सरकार प्रमुख हुनुहुन्थ्यो ।

 

Share your love