प्रेस सेण्टर पर्साले वीरगंजमा योजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

वीरगंज – माओबादी निकट प्रेस सेण्टर नेपालको १९ ओं स्थपना दिवसको अवसरमा प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साले वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंजको होटेल कलासिक वैन्केटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ जना महिलासहित ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राबिधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा उषा उप्रेती , सरिता देवी , निरज पिठाकोठे मगर , ईश्वर राना मगर , दीपक ग्रौतम , महेश सिंह धामी लागात ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राबिधिक प्रमुख पाण्डेले बताउनुभयो ।

प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटा , रेडक्रस सासाईटी पर्साकी उपसभापति मधु राणा र ब्लड डोनर्स एशोसोसिएसन पर्साका सचिव अरविन्द सिंहले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, सदस्य केसी लामिछाने, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट, लगायतको उपस्तिथी रहेको थियो ।

Share your love