प्रहरीको हिरासतबाट फरार भएका थप एकजना पक्राउ

प्रहरीको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा शिर्षकको थुनुवा क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय अमित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति हिरासत कक्षको पर्खाल भत्काई ६ जना थुनुवा फरार भएका थिए । फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको संयुक्त टोलीले अहिलेसम्म दुईजनालाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।बाँकीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Share your love