प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ – प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा ९एमाले० का उपाध्यक्ष सुवास नेम्वाङको उपस्थिति रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा ९माओवादी केन्द्र० का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत हुनुहुन्छ ।

 

Share your love