प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति जनलहर बढ्दै

जनता समाजबादी पार्टी र नेकपा एमाले बाट संयुक्त रुपमा पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो ।

घरदैलो कै क्रममा आज पर्साको बिन्दवासिनी गाउँपालिकाका अमरपट्टि , झौवा, माधवल र ईटियाहिमा पुग्दा त्यहाका मतदाताले डा.गुप्ता कुर्मी स्वास्थ्यमा विज्ञता हासिल गरेको र उहा युवा जोस भएको व्यक्ति भएकोले आफ्ना अमुल्य मत उहालाई नै दिने बताएका छन ।

उनीहरुले समाजलाई अगाडी बढाउँन शिक्षित र विज्ञता भएको व्यक्तिको खाचो भएको र डा.मधुगुप्ता कुर्मी संग यो सबै भएकोले हामीले हाम्रा गाउँ ठाउँको नेतृत्व गर्नको लागी हामीले उहालाई मत दिन आतुर रहेको बताएका हुन ।

Share your love