प्रदेशमा निर्वाचित स्वतन्त्र सांसद माओवादी केन्द्र प्रवेश

रोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावमा उहाँ माओवादीकाे पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।

उहाँ लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकाेमा आत्मालोचना गर्दै फेरि माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ ।

पार्टी छाडेर चुनावमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो ।  मगरलाई आज बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रोल्पाका प्रतिनिधि सभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गर्नुभयो ।

Share your love