प्रदेशमा डा.मधुलाई जिताउन मतदातालाई राजकुमारको आग्रह

पर्साको क्षेत्र नम्बर ३ को (ख) मा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेका साझा उम्मेदवारले सयुँक्त रुपमा घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र ३(ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले पोखरियाको नगरपालिका वडा नम्बर ५ सतवरियामा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुप्ताले जसपा र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य उम्मेदवार डा. गुप्ताले पर्सा जिल्लाको सापेक्ष विकास र मधेशीको अधिकारका लागि जसपा–एमालेका साझा उम्मेदवारको जीत अपरिहार्य भएको बताइन् ।

Share your love