प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि मतदातालाई ओलीको धन्यवाद

प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले १० लाख भन्दा धेरै मत दिएकोमा मतदातालाई धन्यवाद दिनु भएको हो । सामाजिक सञ्जालमार्फत ओलीले सबै मतदातालाई धन्यवाद दिनुभएको हो । एमालेले सुरुवातदेखि नै समानुपातिकतर्फ अग्रता बनाएको छ । अहिलेसम्म ११ लाख ५७ हजार ९ सय ६५ मत प्राप्त गरेको छ ।

यस्तै, कांग्रेसले ११ लाख ८ सय ९ मत पाएको छ । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ४३ हजार ८ सय ५२ मत पाएको छ भने माओवादी केन्द्रले ५ लाख २ हजार २ सय ४८ मत पाएको छ ।

 

Share your love