प्रतिनिधिसभाका लागि सिरहामा ४८ जना स्वतन्त्र उम्मेदवार

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहामा ४८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।असोज २३ मा जिल्लाको चारवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा ८८ जनाले उम्मेदवारी दर्ता गराउँदा ४० जनाले मात्र विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका छन्।

सिरहा निर्वाचन क्षेत्र नं. १ मा २३ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेहरूमध्ये १० जना स्वतन्त्र रहेका छन्।सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पदम नारायण चौधरीले उम्मेदवारी दिएका छन् भने नेकपा एमाले र जसपा गठबन्धनबाट एमालेका रामशंकर यादवले उम्मेदवारी दिएका छन्।

यस्तै, राप्रपाबाट दिनेश कुमार महतो, नेपाल मजदुर किसान पार्टीका सिरीया पासमान, जनमत पार्टीका युगल किशोर साह, मौलिक जरोकिलो पार्टीका सुरेश कुमार कामैत, जनता प्रगतिशिल पार्टी नेपालका ललीता कुमारी साह, नेपालका लागि नेपाली पार्टीबाट रीता देवी साह, राप्रपा नेपालबाट हरि राम दास, बहुजन एकता पार्टी नेपालबाट मनोज पासमान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जनक साह, नेपाल सदभावना पार्टीका जीवछ प्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राम कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, स्वतन्त्र तर्फ सरिता गिरी, ओम सिंह, राम ध्यान महतो, गोविन्दकुमार चौधरी, विद्यापति झा, लवकुमार प्रधान, अशोक कुमार थपलिया, राम कुमार साह, राजेन्द्र प्रसाद यादव र पुस्पेन्द्र कुमार यादवले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ। सिरहा २ मा २४ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेहरूमध्ये १५ जना स्वतन्त्र उम्मेदवार हुन्।

सिरहामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रलेखा यादव, जसपा एमाले गठबन्धनबाट जसपाका राज किशोर यादव, राप्रपाका मुरलि मिझार, नेपाल मजदुर किसान पार्टीका राज कुमार पासमान, जनमत पार्टीका बिनोद कुमार यादव, हाम्रो नेपाली पार्टीका शिव शंकर यादव, राप्रपा नेपालका रासलाल सिंह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शिला देवी राम र राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र पाख्रीनले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, स्वतन्त्रबाट संतोष कुमार यादव, आनन्द कुमार यादव, शिव राम यादव, कारी राम यादव, देव कुमार यादव, राम रिझन यादव, हरिनारायण नेपाल यादव, शिव राम यादव, परमेश्वर कामती, दिलीप ठाकुर, सुरेश कुमार कार्की, दिपक कुमार यादव, लक्ष्मण कुमार दास, राम प्रकाश महतो, शिव कुमार यादवले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।सिरहा निर्वाचन क्षेत्र नंं ३ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेहरूमध्ये १४ जना स्वतन्त्र उम्मेदवार हुन्।

स्वतन्त्रबाट यस क्षेत्रमा सीता पोखरेल, नारायण ठाकुर, राम पुकार यादव, रबिन्द्र कुमार यादव, बौवे लाल यादव, प्रदिप कुमार श्रेष्ठ, दिप कुमार लामा, ओम प्रकाश श्रेष्ठ, श्याम सुन्दर यादव, सुमित श्रेष्ठ, निलेश कुमार श्रेष्ठ, विक्रम कुमार साह, सुरेन्द्र कुमार महतो र राकेश कुमार यादवले उम्मेदवारी दिएका हुन्।

यहाँ एमालेका लीलानाथ श्रेष्ठ, माओवादी केन्द्रका विश्वनाथ साह, राप्रपाका गोवर्धन दास तत्मा, जनमत पार्टीका दिनेश कुमार यादव, नेकपा मालेका जगदिश साह तेली, पिछडावर्ग निषाद दलित जनजाती पार्टीका राज कुमार मुखिया, जनसमाजवादी पार्टी नेपालका सरोज कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक कुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं. ४ मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेहरूमध्ये ९ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यहाँ जसपाबाट वीरेन्द्र प्रसाद महतो, राप्रपाबाट नगीना कुमारी झा, नेपाल मजदुर किसान पार्टीका रामेश्वर साह, नेकपा एसका धर्मनाथ प्रसाद साह, जनमत पार्टीका वीरेन्द्र प्रसाद साह, नेपालका लागि नेपाली पार्टीका प्रमोद चौधरी, राप्रपा नेपालका विजय यादव, नेकपा मालेका विजय कुमार पजियार, नेपाल आमा पार्टीका तारा देवी भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले उम्मेदवारी दिएका हुन्।

स्वतन्त्रबाट भने राजेश कुमार यादव, अन्जनी राई, दीपेन्द्र राउत, जागेश्वर यादव, सुरेन्द्र कुमार ठाकुर, कासिन्द्र यादव, सन्त कुमार शर्मा, फुलगेन नायक र दिपक कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

Share your love