पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुवात

गण्डकी प्रदेशकाे पाेखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ ।

पोखराको याम्दीमा रहेकाे गोष्तेघाट मैदानमा आज बिहीवार भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई दुई–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले एक–एक गोल गरे । विमलले खेलको आठौँ मिनेटमा र सञ्जोगले ५५ औँ मिनेटमा गाेल गरे ।

प्रतियोगिताअन्तर्गत आजै अर्काे खेलमा बाग्मती र मधेश प्रदेशबीच खेल हुँदैछ ।

 

Share your love