पीएनजीले दियाे नेपाललाई १ सय ८० रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयाे ।

बलिङतर्फ नेपालका साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए । यस शृङ्खलाकाे पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो ।

हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।

Share your love