पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित

काठमाण्डाै – पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहान सकिएको खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको हो । न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र  १ सय ७२ रन बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए ।

न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ तथा ट्रेन्ट बोल्ट, टिम साउथी, इश सोधी र लक्कि फकुर्सनले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७  रन जोडे भने  डिभेन कन्वेले ४३ रन बनाए ।

जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए । यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६/१६ रन बनाए । वेष्ट इन्डिजका ओडेन स्मिथले ३ तथा जासन होल्डर र ओबेड म्याकोईले समान १/१ विकेट लिए । दुई टोलीबीचको दोस्रो टी–२० खेल पर्सि हुनेछ ।

Share your love