पर्सा-३ मा जसपा-एमालेको घरदैलो तीव्र, मतदाताको विश्वास जित्दै डा. मधु

वीरगंज-आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर मतदाताको घरदैलोमा पुगिरहनु भएकी डा.मधु गुप्ता कुर्मीले जनताको बिश्वास जित्दै अगाडी बढिरहनु भएको देखिएको छ  ।

जनता समावादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) का लागी प्रदेश सभाकी उम्मेदवार रहनु भएको डा.गुप्त्ता कुर्मीलाई घरदैलोको काजमा स्थानीय जनताहरुको अत्याधिक साथ र माया पईरहनु भएको हो  ।

स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गर्नुभएकी डा.गुप्ता कुर्मी पर्सा क्षेत्र नम्बर ३ को सतवरिया पोखरियाकी स्थानीय बासिन्दा भएकोले पनि जनताले उहालाई सजिलै पत्याई रहेका छन  ।

मतदाता घरदैलोको क्रममा जताततै स्थानीय बासीले उहाली स्वागत गर्ने र अहिले देखि नै उत्साहपूर्ण सहभागितामा उहा संग जितको नारा लगाउनेले डा.मधु प्रति जनताको बिश्वास भन्ने बुझ्न सकिने छ  ।

Share your love