पर्साको विकास र समृद्धिका लागि छातामा भोट डा. मधु गुप्ता

पर्साको पोखरिया वडा नंं. ९ मा जसपा नेपाल र नेकपा एमालेबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डा मधु गुप्ता कुर्मीको घरदैलो भएको छ ।

पर्सा क्षेत्र नं. ३ (ख) अन्तर्गत सो वडाका मतदाताहरुलाई भेटेर डा. गुप्ताले छाता छापमा मत दिएर पर्सा जिल्लाको विकास र समृद्धिको मुद्दालाई जिताउन आग्रह गरिन् ।

पर्साका बाटोघाटो, शिक्षा, स्वास्थ्य, महिला हिंसा अन्त्य, छोरीलाई शिक्षामा प्रोत्साहन, कृषिको आधुनिकीकरणलगायतका योजना र त्यसको प्रत्याभूतिका लागि नीतिगत प्रबन्ध आफ्नो मूल एजेण्डा भएको गुप्ताले बताइन् । उनले पर्सामा जसपा एमालेका साझा उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

Share your love