पर्साका मतदाता डा.मधुलाई मतदान गर्न समय पर्खिदै

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ (ख) का मतदाताले क्षेत्र नम्बर ३ (ख) की प्रेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्तालाई मत दिनको लागी समयको पर्खाईमा रहेको बताएका छन ।

उनीहरुले डा.मधु शिक्षित र सक्षम रहेको हुदा आउने मङ्सिर ४ गते उहालाई मतदान गर्नेको लागी आफुहरु तयार रहेको बताएका जसपाका नेता पवन सिंहले जानकारी दिनुभयो ।

डा.मधु पोखरिया कै स्थानीय बासि रहेको र स्वास्थ्य क्षेत्रमा पनि विज्ञाता लिईसकेको हुदा मतदाताले सजिलै स्वीकारेको नेता सिंहको भनी छ ।

आज शनिबार पोखरियाको वडा ९ मा घरदैलो क्रममा डा.मधु पुग्दा त्यहाका मतदाताले हामि समयको पर्खाईमा बसको हुदा हाम्रो तपाईलाई जानेमा ढुक्क हुन आग्रह गरेको सिंहले बताउनुभयो ।

Share your love