परिवर्तन नेपाल फाउण्डेशनले प्रहरी प्रवक्ता कार्कीको विदाई गर्यो

वीरगंज – परिवर्तन नेपाल फाउण्डेशनले पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्ष प्रहलाद कार्कीलाई विदाई गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा परिवर्तन नेपाल फाउण्डेशनको प्रतिनिधिहरुले पुगेर प्रहरी नायव उपरीक्षक कार्किलाई बिदाई गरेको हो ।

पर्सामा बर्षोदेखि शान्ति सुरक्षामा पूर्याउनु भएको योगदानको चर्चा गर्दै उहाको योगदानलाई कदर स्वरूप खादा ओढाई, मायाको चिनो प्रदान , गरी विदाई गरिएको परिवर्तन नेपाल फाउण्डेशनका कोषाध्यक्ष सुशील पटेलले जानकारी दिनुभयो  ।

विदाई गर्ने कार्यमा संस्थाका सचिव विशेष साह , सहसचिव सुजित कुमार बर्नवाल , संचालक प्रमुख अतुल कुमार , व्यवस्थापक प्रमुख सोनु पटेल लगायतको उपस्तिथी रहेको थियो ।

Share your love