परिवर्तनको लागी मलाई मतदान गर्नु –डा.मधु

वीरगंज –परिवर्तन गर्नको लागी आफुलाई मतदान गर्न पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले आग्रह गरेकी छन ।

आज शनिबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर दुई सुरजाहामा आयोजित चुनावी रात्रि कोण सभालाई सम्बोधन गर्दै डा.गुप्तले बिगतमा जिताएका नेताले काम गर्न नसक्दा निरासा भएका मतदाताले एक पटक मलाई बिश्वास गर्नुपर्ने कुरामा जोड दिएको जसपाका नेता पवन सिंहले जानकारी दिए ।

उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेको जसपा नेता सिंहले बताए ।

यसैबीच प्रदेश सभा सदस्यकी उम्मेदवार डा.गुप्ता पर्साको पोखरिया नगरपालिका र पकहाँमैनपुर गाउँपालिको बिभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरेकी जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताए । उनले घरदैलोको क्रममा डा.मधुलाई मतदाताले अधिक रुचाएको बताए ।

देशमा नै नयाँ जोश जाँगर , अनुभबी र युवा उम्मेदवार जनताले रुचाउन थालेको पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा पनि यसको प्रभाव परेको हुदा डा.मधु प्रति जनताको रुझान बढेको उनको भनाई छ ।

Share your love