पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ ।

आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध बिशेष अदालतका काठमाडौंमा मुद्धा दायर गरेको जनाएको हो ।

उनिहरुले आर्थिक वर्ष २०७५-०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालन गरेभन्दा २ लाख ६० हजार ९ सय बढी रकम भुक्तानी गरेको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यमा गाउँपालिका अध्यक्षसहित ६ जनाकै सहभागिता देखिएकाले आयोगले शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको हो ।

Share your love