पटक–पटक स्थगित हुँदै आएको एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौँ – पटक–पटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमितिको बैठक बिहीबार बस्दैछ। ललितपुरस्थित एन्फा मुख्यालयमा तय भएको बैठकमा यसअघि तय भएका एजेण्डासहित थप चार एजेण्डा समावेश भएका छन्। यसअघि बसेको कार्यसमितिको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो।

एन्फा कार्यसमितिको बैठक बिहीबार १० बजे एन्फा कम्प्लेक्समा बस्दैछ। बिहीबार बस्न लागेको बैठकमा पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेण्डा थपिएका हुन्।

यसअघि एन्फा कार्यसमिति बैठकका लागि १८ वटा एजेण्डा तय गरेको थियो। पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो। त्यसअघिको पहिलो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो।

एन्फाको निर्वाचनपछि भएको शपथ ग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनामा परेको नयाँ नेतृत्तवको तेस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

बैठकका लागि विभिन्न एजेण्डा तय भए पनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ

Share your love