पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७० जना काेराेना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अब नेपालमा एक हजार ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

Share your love