नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओएको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओएको निधन भएको छ। उनी ८८ वर्षको थिए।

उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो।

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो।

उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ। –रासस/सिन्ह्वा

Share your love