नेपाल निर्माण व्यवसायी सङ्घ, पर्साको पदाधिकारीहरूको चुनाव आज हुदै

नेपाल निर्माण व्यवसायी सङ्घ, पर्साको पदाधिकारीहरूको चुनाव आज शनिवार हुँदैछ । पदाधिकारी चयनमा सहमति नजुटेपछि चुनावी प्रक्रियामा जाने सहमति भएको पछी आज निर्वाचन हुन् लागेको हो  ।

अध्यक्षमा दिवाकरप्रसाद पटेल र सुरेशप्रसाद कुर्मीको उम्मेदवारी परेको छ भने प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र, हीरालालप्रसाद कुर्मी, द्वितीय उपाध्यक्षमा लालबाबूप्रसाद कुर्मी, अच्छेलालप्रसाद चौधरी, सचिवमा प्रदीपकुमार पटेल, मुकेशप्रसाद कुर्मी, सन्नी यादव, राजकिशोरप्रसाद कुर्मी, सहसचिवमा रोशनकुमार सिंह, सञ्जयकुमार कुर्मी, धुरेन्द्रकुमार कुर्मी, कोषाध्यक्षमा राजेश्वरप्रसाद रौनियार, महताब आलम, सहकोषाध्यक्षमा सद्दाम हुसेन र राजुप्रसाद पटेलको उम्मेदवारी परेको छ ।

दिवाकर र सुरेशको दुई खेमाबीच चुनाव हुने देखिएको छ । दुईजना महिला सदस्य निर्विरोध चयन भएका छन् । प्रियाकुमारी पाण्डे र आशा गुप्ता निर्विरोध चयन भएका छन् । ९ जना सदस्य निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेदवारी परेको छ । कुल १८ पदको लागि भइरहेको निर्वाचन मतदान आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्ने र त्यसपछि मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत सन्तोषकुमार श्रीवास्तवले जानकारी गराउनुभएको छ  ।

तीन वर्ष कार्यकाल रहेको यसअघिको रामाकान्त चौरसिया नेतृत्वको पदाधिकारीहरूले हरहिसाबमा पारदर्शी नगरेको भन्दै विगत ६ वर्षदेखि सङ्घमा विवाद सिर्जना भएको थियो । अदालतमा मुद्दासमेत खेपेको सङ्घले नयाँ पदाधिकारी निर्वाचित गरेर सङ्घलाई अगाडि बढाउने निर्णयमा पुगेको थियो ।

Share your love