नेपाल टी–२० लिगमा जनकपुरकाे पाँचाैँ जित, फार वेस्ट ७९ रनमै अलआउट

नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज साेमवार भएकाे दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई ८२ रनले हराएको छ ।  जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५ ओभर १ बलमा ७९ रन बनाउँदा अलआउट भयो । उसका लागि हशमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाए ।

बलिङतर्फ जनकपुरका समिउल्लाह शिनवारीले तीन तथा सोमपाल कामी र पवन सर्राफले दुई/दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६१ रन बनायाे ।

जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए । बलिङतर्फ फार वेस्टका प्रकाश जैसीले तीन र भुवन कार्कीले दुई विकेट लिए । जनकपुर सात खेलमा पाँच खेल जित्दै १० अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा छ । एक खेल कम खेलेकाे फार वेस्टले एक खेल जित्दा दुई अङ्कसहित पुछारमा छ ।

 

Share your love