नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै

 टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली साेमबार केन्या जाने भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली साेमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जनाएको हाे । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् ।

नेपालले केन्यासँग ५ खेलको टि–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने भएकाे छ । ५ खेलको टि–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने भएकाे छ । ३ खेलको एकदिवसीय सिरिज भने यहि भदौ १७ बाट २० सम्म चल्ने भएकाे छ ।

दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच ५ खेलको टि–२० सिरिज हुनेछ भने त्यसपछि एकदिवसीय सिरिज हुने भएकाे छ । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

Share your love