नेपाललाई केन्याले दियाे १ सय ३३ रनकाे लक्ष्य, सन्दीप र दीपेन्द्रले ३/३ विकेट लिए

काठमाण्डाै – केन्यासँगको दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय ३३ रनको लक्ष्य पाएको छ । नैरोबीको जिमखाना मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३२ रन बनायो ।

केन्याका लागि निहिमी अडिहिम्बाेले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन/तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारे । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । पहिलाे टी–२० नेपालले पाँच विकेटले जितेकाे थियाे ।

 

Share your love