नेपालमा काेराेना सङ्क्रमणबाट एक जनाकाे ज्यान गयाे

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ३६ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाण्डाै उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आईसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।

 

Share your love