नेपालका आसिफ शेखलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट’ अवार्ड

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ ।

गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाले आसिफले यो अवार्ड जितेका हुन् ।

आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा मैदानमा लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । यो खेलमा देखिएको उच्च खेल भावनाको यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा भएको थियो ।

 

Share your love