निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन सुरु, ४३ वटा प्रश्न सोधिने

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसका कारण बयान लिन ढिलाइ भएको थियो ।

समितिका सदस्यसमेत रहेका नेकपा ९एमाले० का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा माओवादीकी रेखा शर्मा र नेकपा ९एकीकृत समाजवादी० की कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिनुभयो ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गएको बुधवार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुग्नुभएको थियो । गएको फागुन १ गते सत्तारूढ दलका सांसदले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।

Share your love